प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।
आजपा बरिष्ठ उपाध्यक्षका अलवा स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्वउपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु पनि एमालेमा प्रवेश गरे।
अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै गलत बाटो देखाउनेको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आएकामा सबैलाई धन्यवाद दिए।
345
Shares

प्रतिक्रिया