राजनीति


भण्डारीलाई ओलीले भने- कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम हुँदैन

भण्डारीलाई ओलीले भने- कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा सदस्यता कायम हुँदैन

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १७:२८, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता पार्टीले नखोसेको बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति भएपछि सदस्यता त्यागेको बताए।

‘अहिले पूर्वराष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरू आएको छ, खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्यता त्याग्नुभएको हो,’ ओलीले भने, ‘हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन।’

उनले दस्यता नवीकरणका लागि पार्टीमा निवेदन पनि नदिएको र बाहिर बोल्ने गरेकोसमेत उल्लेख गरे।

‘उहाँले बाहिर-बाहिर बोल्नुभएको छ,’ ओलीले भने, ‘पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन। पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरूलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad