कोशी


झापामा बस दुर्घटना हुँदा ११ जना घाइते

झापामा बस दुर्घटना हुँदा ११ जना घाइते

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १७:२६, विराटनगर

झापाको शिवसताक्षी नगरपालिका–१० किराँतचोकमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा ११ जना घाइते भएका छन्।

कुन्जिबारीबाट काँकरभिट्टा जाँदै गरेको मे १ ख २७७३ नम्बरको यात्रुबाहक बस  करिब २ बजे अनियन्त्रित भई  दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका घाइतेमध्ये पाँच महिला, दुई पुरुष र चार बालबालिका रहेका छन्। घाइते सबैलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ।

दुर्घटनामा मोरङ उर्लाबारी नगरपालिका–४ का ५६ वर्षीय बस चालक मोहनलाल राईलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा झापाको बिर्तामोड–३ की ५३ वर्षीया सुमित्रा कडरिया, ७० वर्षीया डिक माया खतिवडा, ५० वर्षीया रुपादेवी उप्रेती, बाह्रदशी–४ की ४० वर्षीया अस्मिमा खातुन, उनकी १३ वर्षीया छोरी सावरी खातुन, ३५ वर्षीया गर्भवती सफिना खातुन, उनका ७ वर्षीय छोरा ईसाफ आलम, ३ वर्षीय फरियाफ आलम, शिवसताक्षी–४ की ३६ वर्षीया निर्मला काफ्ले, ३४ वर्षीया तुलसा गौतम र उनका ११ वर्षीय छोरा नितेश गौतम रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad