संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरुले काम भन्दा बढी लोकसेवामा ध्यान दिने गरेको टिप्पणी गरेकी छिन्।
शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले कर्मचारीले आफ्नो वृद्धिविकासका लागि हाजिर लगाएर लोकसेवाको तयारी स्वरुप पढाइमा रटान लगाउने गरेको बताइन्।
‘म पनि संघीय मामिला मन्त्रालयमा मन्त्री भएर आएर देखेँ, धेरैको सोचाइ भनेको हाजिर लगाउने, आफ्नो अरु थप वृत्तिविकासका लागि समय खर्चिने प्रवृत्ति देखेँ,’ न्यौपानेले भनिन्, ‘सबै तहमा खुला प्रतिष्पर्धाबाट कर्मचारी नियुक्त गर्ने हो भने त काम गर्ने भन्दा बढी लोकसेवाको तयारी गरेर बस्ने, पढ्ने, रट्ने यतातिर ध्यान दिने स्थीति भयो। त्यो हुँदो नै रहेछ। त्यसैले धेरै पदमा खुल्ला प्रतिष्पर्धाबाट गर्नहुन्न।’
471
Shares

प्रतिक्रिया