शुक्रबार बिहान भारतको संसद् भवनमा शंकास्पद रूपमा एक युवक प्रवेश गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार राजधानी दिल्लीस्थि संसद् भवनको पर्खालबाट हाम फालेर पसेका ती युवकलाई तत्काल सुरक्षाकर्मीले पक्राउ गरेका छन्।

संसद् भवनको गरुड गेटनजिकै पक्राउ गरिएका उनी उत्तर प्रदेशका २० वर्षीय राम कुमार बिन्द भएको खुलेको छ।
घटना बिहान करिब ६:३० बजेको हो। उनी रुखको सहायताले पर्खालबाट हाम फालेर संसद् भवनमा प्रवेश गरेका थिए।
उनी रेल भवन तर्फबाट हाम फालेर नयाँ संसद् भवनको गरुड गेटमा पुगेका थिए। लगत्तै उनलाई त्यहाँका सुरक्षाकर्मीले पक्राउ गरेका थिए।
त्यस समयमा संसद्को मनसुन सत्र समाप्त भएको थियो र कुनै पनि सदस्य उपस्थित थिएनन्।
यसअघि १३ डिसेम्बर २००१ मा लस्कर-ए-तैयबा र जैस-ए-मोहम्मदका अतिवादीहरूले संसद् भवनमा आक्रमण गरेका थिए।
यसमा पाँच अतिवादीसहित १४ जनाको मृत्यु भएको थियो।
१३ डिसेम्बर २०२३ मा लोकसभा कक्षमा दुई युवा हाम फाल्दै प्रवेश गरेका थिए।
त्यस क्रममा उनीहरूले सरकारविरोधी नारा लगाएका थिए। त्यस घटनामा ६ जनालाई पक्राउ गरिएको थियो।
Shares

प्रतिक्रिया