राजनीति


प्रधानमन्त्रीले चीन र भारतको भ्रमण गर्दै हुनुहुन्छ, लिपुलेकबारे त्यहाँ कुरा उठाउनुपर्छ : खतिवडा

प्रधानमन्त्रीले चीन र भारतको भ्रमण गर्दै हुनुहुन्छ, लिपुलेकबारे त्यहाँ कुरा उठाउनुपर्छ : खतिवडा

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १४:२४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लिपुलेक क्षेत्रमा चीन र भारतबीच व्यापार सुचारु गर्ने सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै खतिवडाले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणका अवसरमा यस विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिए। 

‘लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबाट चीन र भारतले गरेको व्यापार सम्झौताको विषय अहिले चर्चामा छ, यस समस्यालाई सरकारले कूटनीतिक पहलको माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस्,’ उनले भने, ‘संयोग छ, प्रधानमन्त्री केही दिनपछि चीन र भारतको भ्रमण गर्दै हुनुहुन्छ। त्यो समयमा दुवै सरकारका प्रमुखसँग आफ्नो स्ट्यान्ड राखेर कुरा होस् र यो समस्या समाधान होस् भनेर माग गर्न चाहान्छु।’

खतिवडाले सीमा विवादजस्ता संवेदनशील मुद्दामा दल, जात वा समूहभन्दामाथि उठी राष्ट्रिय स्वाभिमान र एकताका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad