राजनीति


‘रातोघर’को तेस्रो तलाका यी दुई कोठाबाट गर्नेछिन् विद्याले राजनीतिक गतिविधि (तस्बिरहरू)

‘रातोघर’को तेस्रो तलाका यी दुई कोठाबाट गर्नेछिन् विद्याले राजनीतिक गतिविधि (तस्बिरहरू)

सरोज नेपाल
भदौ ५, २०८२ बिहिबार १६:२५, काठमाडौँ

पूर्वराष्ट्रपति एवम् नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित थापागाउँमा आफ्नो सम्पर्क कायालय खोलेकी छन्।

विस. २०४८ सालमा मदन भण्डारीले चुनाव प्रचारका लागि प्रयोग गरेको ‘रातोघर’ लाई भण्डारीले सम्पर्क कार्यालयका रुपमा छानेकी हुन्।

सोही घरको तेस्रो तलाको दुईवटा कोठा भण्डारीको लागि बनाइएको छ, जहाँबाट उनले राजनीतिक गतिविधी गर्नेछिन्।

पूर्वराष्ट्रपति भण्डारीले बिहीबार आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी छन्।

‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट सञ्चालनमा ल्याइएको कार्यालय उद्घाटन समारोहमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेलगायतका नेताहरू सहभागी भए। 

यस्तै, नेताहरू सरिता न्यौपाने, बाबुराम गौतम, कृष्ण प्रसाद दाहाल, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, काठमाडौं अध्यक्ष दिपक निरौला, पूर्वमन्त्री महेन्द्र पाण्डेलगायत नेताहरू पनि कार्यक्रममा पुगेका थिए।

पार्टी राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको संगठन र जनताको बहुदलीय जनवाद (जबज) को विस्तार गर्न भन्दै आफ्नै संरक्षकत्वमा बेग्लै संयन्त्रको अभ्यास सुरू गरेकी हुन्।

त्यस क्रममा उनले आफू नेकपा एमालेको सदस्य रहेको उद्‍घोष गर्दै सदस्यता कसैले खोस्न नसक्ने बताइन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad