राजनीति


उपसभामुख १० पटक सभामुखको स्वीकृतिबेगर विदेश जानु भएको छ, यो गम्भीर विषय हो : भट्टराई

उपसभामुख १० पटक सभामुखको स्वीकृतिबेगर विदेश जानु भएको छ, यो गम्भीर विषय  हो : भट्टराई

फाइल तस्बिर


नेपालखबर
भदौ ५, २०८२ बिहिबार १५:१८, काठमाडौँ

सत्तारुढ नेकपा एमालेमा सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर १० पटक सभामुखको स्वीकृतिबेगर नै विदेश भ्रमणमा गएको भन्दै त्यसबारे प्रश्न गरेका छन्। 

‘उपसभामुख यो कार्यकालभरी १७ पटक विदेश भ्रमण गर्नुभएको छ,’ भट्टराईले भने, ‘१७ पटक सामान्य होइन। त्यसमध्य सभामुखले स्वीकृति गरेर ७ पटक भ्रमण गर्नु भएको देखिन्छ। १० पटक कसैले पनि स्वीकृत गरेको छैन।’

‘के आधारमा उहाँ भ्रमण गरिरहनु भएको छ? कहाँ जानु भएको छ? कसको निम्तोमा जानु भएको छ?,’ भट्टराईको प्रश्न छ।

१०-१० पटक स्वीकृतिबिना विदेश जाने विषय पनि उपसभामुखको आचारणसँग जोडिएको समेत उनले तर्क गरे।

‘यो गम्भीर विषय हो, १०-१० पटक सभामुखको स्वीकृतिबिना उपसभामुख विदेशमा गएको कुरा आचारण हो कि होइन?,’ भट्टराईको प्रश्न छ, ‘उपसभामुखले पालना गर्नुपर्ने विषय हो कि होइन?’

कूटनीतिक मर्यादा हुने भन्दै उपसभामुख विदेश गएर बोलेको कुराको संस्थागत अभिलेख कहाँ छ भन्दै उनले प्रश्न समेत गरे।

भट्टराईको प्रश्न छ, ‘त्यसको संस्थागत मेमोरी के छ? उहाँ अमेरिकामा गएर भाषण गरिरहनु भएको छ। त्यसको संस्थागत मेमोरी के छ यो संसदमा? परराष्ट्र मन्त्रालयमा के छ? हाम्रा कूटनीतिक एजेन्सीहरुमा के छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad