राजनीति


पोखराको त्रिसरामा धनराज-बालेन डिनर भेट, के भयो कुराकानी?

पोखराको त्रिसरामा धनराज-बालेन डिनर भेट, के भयो कुराकानी?

त्रिसरामा बालेन र धनराज। तस्बिर- पोखरा त्रिसरा


नेपालखबर
भदौ ४, २०८२ बुधबार १९:५४, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच भेट भएको छ। उनीहरूबीच पोखरा लेकसाइडस्थित 'त्रिसरा पोखरा' रेस्टुरेन्टमा भेट भएको हो। 

त्रिसरा पोखराले दुई मेयरको फोटो आफ्नो फेसबुकमा सार्वजनिक गरेको छ। उक्त फेसबुकमा बालेन रेस्टुरेन्टमा आएका ग्राहकहरूसँगको फोटो तथा भिडियो पनि सार्वजनिक भएको छ। 

पोखरा महानगरपालिकाका प्रमुख आचार्य आफूहरूबीच म‌ंगलबार अनौपचारिक भेट भएको जानकारी दिए। 'हामीबीच अनौपचारिक भेटेको हो। उहाँ पोखरा आउनु भएको बेलामा भेटर त्रिसराम सँगै डिनर गर्‍यौँ,' उनले नेपालखबरसँग भने।'

आचार्यका अनुसार बालेनले सरकारको नीतिबारे गुनासो गरेका थिए। 'हामीबीच अरु औपचारिक कुरा भएन। एउटा कुरा भयो- सानो पालिकालाई  र ठूलो पालिकालाई एकै नीति नियम भयो। यो ठिक भएन भन्ने उहाँ (बालेन)को कुरा थियो' आचार्यले भने। 

बालेन शनिबार पोखरा गएका हुन्। उनी पोखरा जाँदै गर्दा आफैँ गाडी चलाएको र तनहुँको आँबुखैरेनीमा कृष्ण अष्टमीको जात्रामा निस्किएका स्थानीयले फूल दिएको, बालेनले गाडीबाटै हात हल्लाएको तस्बिर/भिडिओ सार्वजनिक भएको थियो। 

त्यस्तै पोखराकै बेगनाश तालमा डुंगा चलाइरहेको तस्बिर पनि बालेन आफैँले सेयर गरेका छन्। उनीसँगै सामाजिक अभियान्ता केपी खनाल पनि छन्। खनाल बेगनासदेखि त्रिसरासम्म बालेनसँगै देखिएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad