राजनीति


लकडाउनमा यसरी दिन बिताउँछन् पूर्वप्रधानमन्त्री भट्टराई (भिडियो)

लकडाउनमा यसरी दिन बिताउँछन् पूर्वप्रधानमन्त्री भट्टराई (भिडियो)

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ६:५१,

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लकडाउनका समयमा आफ्नो दैनिकी कसरी बित्छ भन्ने बारेमा एक भिडियो  सार्वजनिक गरेका छन्।

कारोना भाइरस (कोभिड १९)को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको २५ औँ दिन अध्यक्ष भट्टराईले मानिसले आफ्नो स्वभाव अनुसारका क्रियाकलाप गर्दै यो समयलाई व्यवस्थित बनाउन सबैमा आग्रह गरेका छन्।

 सामाजिक सञ्जालमा सेयर गरेको ४ मिनेट ४ सेकेन्ड लामो सो भिडियोमा उनले आफ्नो आवाजका साथमा आफूले गर्ने क्रियाकलापलाई समेत देखाएका छन्।

डा. भट्टराईको लकडाउन दैनिकी उनकै शब्दमा

सबैभन्दा पहिले बिहान उठेर नित्यकर्मपछि व्यायम गर्ने गर्छु। त्यसमा थोरै जगिङ गर्ने, त्यसपछि योगाका केही आशनहरु गर्ने, प्रणायम गर्ने गर्दुछु।

मेरो सुरुदेखिकै एउटा बानी के बनेको छ भने पत्रपत्रिका हुँदा पढ्ने नभए टिभी अनलाईनबाट समाचार सुन्ने विद्यार्थीकालदेखिकै बानी छ। एक डेढघण्टा समय म त्यसमा व्यथित गर्छु।

खानपानमा पनि मेरो व्यवस्थित प्रकारकै शैली छ। बिहान ८ बजेतिर नास्ता गर्ने, ११/१२ बजेति दालभात, तरकारीको दिवा भोजन गर्ने, दिउँसो ४ बजेतिर हल्का नास्ता गर्ने र बेलुका एउटा सुक्का रोटी र सागसहित रात्रिभोजन गर्ने बानी छ।

म राजनीतिक प्राणी हुनुको नाताले स्वतः यो बन्दाबन्दीको अवस्थामा देशमा के भइरहेको छ, कहाँ समस्या छन भन्ने विषयमा रुची राख्दछु। अहिले प्रविधिको सहजता छ। त्यसको सदुपयोग गरेर देशभरका नेता कार्यकर्तासँग सम्पर्क राख्ने प्रयत्न गर्दछु।  दिनहुँ केही समय त्यसमा बित्छ।

बाँकी सयय मेरो बढाइमा नै रुची हुने गर्दछ। आफूलाई पढ्न मन लागेका थुप्रै किताबहरु थिए, ती किताब यसपटक पढ्ने प्रयत्न गरिराखेको छु। अहिले म एकैसाथ तीन/चारवटा किताब बढ्दै छु। त्योमध्येको मलाई बढी नै मन परेको किताब चाहिँ जारेड डायमण्डले लेखेको ‘अभिवल’ भन्ने किताब हो। त्यो मैले पढीसकेँ। अरु दुई/तीन वटा किताब सुरु गरेको छु। बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’ पढिराखेको छु। त्यसबाहेक केही अर्थशास्त्र र केही विज्ञानका किताब म पढ्दै छु।

त्यसअतिरिक्त हिसिलाजी (पत्नी) र मेरो राम्रा फिल्महरु बसेर हेर्ने, मनोरञ्जन गर्ने बानी छ। कहिलेकाहीँ छोरी (मानुषी)पनि आउँछिन्। हामी तिनै जना बसेर फिल्म हेर्छौँ। यसरी हामीले आफ्नो दैनिक जीवनयापन गर्दैछौँ।

मेरो यहाँहरु सबैसँग आग्रह छ– निजीजीवन भनेको आफ्नो हो। त्यसैले आफ्नो रुची, पारिवारिक परिवेशअनुसार आफ्नो दिनचर्या बनाउनुपर्दछ। र, त्यो बनाउन सकिन्छ। किनकि यस्तो बन्दाबन्दीको बेलामा हामीले आफ्नो शरीर र मनलाई सक्रिय राख्न सकेनौँ भने त्यसले अनावश्यक रुपमा तनाव सिर्जना गर्ने, मनोरोगहरु ल्याउने खतरा हुन्छ। यसबाट बच्न जरुरी छ, यसका निम्ति म यहाँहरु सबैसँग आग्रह पनि गर्दछु।

घरमै बसौँ, आफ्नो स्वास्थ्यको ख्याल राखौँ र अरुमा रोग नसर्नका निम्ति योगदान गरौँ।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .