राजनीति


सर्वोच्चमा बस्यो फुलकोर्ट, संवैधानिक इजलासको गाँठो फुक्ला त?

सर्वोच्चमा बस्यो फुलकोर्ट, संवैधानिक इजलासको गाँठो फुक्ला त?

नेपालखबर
भदौ ४, २०८२ बुधबार १५:३८, काठमाडौँ

सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) बसेको छ।

बुधबार अपरान्ह खाजा समयमा उक्त बैठक बसेको हो।

गत असार १८ गते संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादमा निर्णय सुनाएयता संवैधानिक इजलास गठन हुन नसकिरहेका बेला बुधबार फुल कोर्ट बसेको हो। 

संवैधानिक इजलास कसरी गठन गर्ने भन्ने विषयमा प्रधान्यायाधीश प्रकाशमान सिंह राउत र अन्य न्यायाधीशहरूबीच मतभेद छ। फुलकोर्टबाट यसको गाँठो फुक्ने अपेक्षा गरिएका बेला यो बैठक बसेको भए पनि के निर्णय भयो भनेर खुलाइएको छैन।

आजको बैठकमा मुख्य रजिस्ट्रार विमल पौडेलका अलावा सहरजिस्ट्रारहरूलाई पनि बोलाइएको थियो। कानुन मन्त्रालयले केही कानुनका विषयमा राय मागेको र त्यसमा परामर्श दिने काम आजको बैठकमा भएको बताइएको छ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले भने आजको बैठक नियमित र सामान्य भएको बताए। उनले भने, ‘त्यस्तो विशेष निर्णय केही छैन। प्रायः चिया समयमा बस्ने गरेको यो नियमित र सामान्य बैठक हो।’

संवैधानिक पदाधिकारी नियुक्ति विवादमा आफू अल्पमतमा परेपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेसम्म संवैधानिक इजलास गठन गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad