राजनीति


'कुलिङ अफ पिरियड’ को विरुद्धमा होइन, व्यवस्थित बनाउनुपर्छ भन्नेमा छु : सांसद शाक्य

'कुलिङ अफ पिरियड’ को विरुद्धमा होइन, व्यवस्थित बनाउनुपर्छ भन्नेमा छु : सांसद शाक्य

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १७:४८, काठमाडौँ

राष्ट्रिय सभाकी सांसद अन्जान शाक्यले ‘कुलिङ अफ पिरियड’ लाई अल्झाउने नभई समाधान गर्ने गरी व्यवस्थापनको बाटो खोज्नुपर्ने बताएकी छिन्।

‘कुलिङ पिरियड भनेको सार्वजनिक सेवा र निजी स्वार्थ सेवा विचमा नैतिक विभाजन र संस्थागत पर्खाल ‘फायरवाल’ राख्ने हो,’  मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले भनिन्, ‘कुलिङ अफ पिरियड भित्र राज्यका सबै अंग (जस्तै राजनीतिज्ञ, सबै तहका कर्मचारी, पुलिस प्रशासन, आर्मी, निजी तथा गैरसरकारी संस्था) लगायत पर्दछ।’ 

उनले मुख्यतः सरकारी नियामक र निजी कम्पनीबीच अलग हुनुपर्छ भन्ने पनि मान्यता रहने उल्लेख गरिन् । ‘तर, अहिले हामीले चर्चा गरिरहेको कुलिङ पिरियडले निजामती सेवा र अझ त्यसमा पनि एउटा समूहलाई मात्रै लक्षित गरेको छ,’ शाक्यको भनाइ छ, ‘त्यसैले यो विधेयक विभेदकारी हुन्छ कि भन्ने हो। विधेयक विभेदकारी हुनुहुँदैन। सबैको हितमा हुने गरी ल्याउनुपर्छ।’  
 
बृहत् क्षेत्र ओगटेको कुलिङ पिरियडलाई दीर्घकालीन समाधानका अहिलेको समय पर्याप्त नभएकाले उक्त दफालाई न्याय दिने गरी टुंगोमा पुग्न नसकिने उनको मत छ।

‘कुलिङ अफ पिरियड भनेको स्वार्थ बझान (सिओआई) भित्रको विभिन्न अंग मध्येको एक अंङग मात्रै हो,  यी सबै विषयको छलफलका लागि ‘स्वार्थको द्वन्द्व व्यवस्थापनका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारको प्राथमिकतामा परेको छ,’ शाक्यले भनिन्, ‘कुलिङ अफ पिरियड’ पनि त्यसैसँग सम्वन्धित रहेकाले पर्याप्त समय लिइ त्यहाँ छलफल गर्दा मात्रै सबैलाई न्याय दिनेगरी उपयुक्त निकासा निकाल्न सकिन्छ।’
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad