नेकपा एमाले सचिव योगेश भट्टराईले सांसदहरुको हस्ताक्षर राजनीतिक दलहरुले दुरुपयोग नगर्ने दाबी गरेका छन्।
सिंहदरबारमा मंगलबार हस्ताक्षर गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बेला-बेलामा दलले आफ्ना सांसदहरुको हस्ताक्षर लिनु कुनै नौलो कुरा नभएको बताए।
कांग्रेस र एमालेले सल्लाह गरेर हस्ताक्षर नगरेको भन्दै एकैदिन पर्नु संयोगमात्रै भएको उनको भनाइ छ। ‘पार्टीको संसदीय दलमा बेलाबेला माननीहरुको हस्ताक्षर लिइराख्छौँ, आपतविपद्को काममा प्रयोग हुन्छ, दलले हस्ताक्षर दुरुपयोग गर्दैन,’ भट्टराईले भने, ‘यो ०४८ सालदेखि नै चलेको चलन हो। आफ्ना दलले आफ्ना माननीयहरुको हस्ताक्षर लिइरहेको हुन्छ। कांग्रेस र हाम्रो सल्लाहले हस्ताक्षर गरेको होइन, एकैदिन पर्यो होला। संयोग हो। हस्ताक्षरहरु विभिन्न काममा प्रयोग हुन्छन्। महाअभियोग, सरकार बदल्न प्रयोग हुन्छन्।’
Shares

प्रतिक्रिया