राजनीति


विद्यालयको पाठ्यक्रममा राष्ट्रिय स्वास्थ्य नीतिलाई समेट्न सिफारिस

विद्यालयको पाठ्यक्रममा राष्ट्रिय स्वास्थ्य नीतिलाई समेट्न सिफारिस

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १७:१४, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रलाई १ देखि १२ कक्षा सम्मको पाठ्यक्रममा राष्ट्रिय स्वास्थ्य नीतिहरूलाई समेट्न सिफारिस गरेको छ। 

मन्त्रालयले केन्द्रलाई विद्यालयतहको स्वास्थ्य शिक्षाको पाठ्यक्रममा बदलिँदो जीवनशैली, स्वास्थ्यका चुनौती र स्वास्थ्य नीतिलाई राख्न आग्रह गर्दै प्रतिवेदन बुझाएको हो। 

मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदनमा विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानुकूल, वैज्ञानिक र प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जनका लागि सिफारिस गरेको छ।  समीक्षा प्रतिवेदन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेललाई हस्तान्तरण गरेका छन्। 

मन्त्री पौडेलले नागरिकलाई स्वस्थ जीवनशैलीको बानी विकास गर्ने पहिलो आधार र जग विद्यालय शिक्षा भएको भन्दै स्वास्थ्य र शिक्षा मन्त्रालयबीचको समन्वयले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। 

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले स्वास्थ्य मन्त्रालयको अग्रसरताको प्रशंसा गरेका थिए। 

‘स्वास्थ्य जस्तो प्राविधिक र संवेदनशील विषयमा सम्बन्धित मन्त्रालयबाटै प्राप्त भएका सुझावहरू हाम्रा लागि अत्यन्त मूल्यवान छन्’ उनले भने।

स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले प्रतिवेदन, विश्वविद्यालय, अभिभावक महासंघ, युनिसेफ लगायतका संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग समेत राय सुझाव संकलन गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad