राजनीति


सिंहदरबारमा विपक्षी दलको बैठक

सिंहदरबारमा विपक्षी दलको बैठक

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १५:३२, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामागरलाई हटाउने तयारी गरेपछि विपक्षी दलहरु पनि छलफलमा जुटेका छन्। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा विपक्षी दलहरुको बैठक माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएकाे छ।

बैठकमा माओवादी केन्द्रबाट प्रचण्ड,नारायणकाजी श्रेष्ठ र हितराज पाण्डे,रास्वपाबाट डोलप्रसाद अर्याल र सन्तोष परियार,राप्रपाबाट वुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, एकीकृत समाजवादी राजेन्द्र पाण्डे र शेरबहादु कुवँर, आम जनता पार्टीबाट प्रभु साह र नेपाल समाजवादी पार्टीबाट महेन्द्रराय यादव उपस्थित रहेका छन्। 

उपसभामुख इन्दिरा रानामगरलाई हटाउन भएको हस्ताक्षर संकलनबारे माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकमा पनि चर्चा भएको थियो। सरकारले निरंकुशता देखाउने खोजेको टिप्पणी बैठकमा गरेका थिए। 

लगत्तै उनले विपक्षी दलहरूको बैठक आह्वान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad