राजनीति


जलवायु संकट अब भविष्यको पूर्वानुमान होइन, दैनिक अनुभूत गर्ने वास्तविकता: परराष्ट्रमन्त्री

जलवायु संकट अब भविष्यको पूर्वानुमान होइन, दैनिक अनुभूत गर्ने वास्तविकता: परराष्ट्रमन्त्री

नेपालखबर
भदौ २, २०८२ सोमबार १५:४२, काठमाडौँ

जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि राष्ट्रिय एजेन्डाका रुपमा कानून बनाउन आवश्यक रहेको बताएकी छन्।

हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरूको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यस समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताइन्।

उनले जलवायु परिवर्तनको समस्या मानव सभ्यताका खिलाफको साझा समस्या भएको बताउँदै यसले कुनै देश, भूगोल, राजनीतिक दललाई नचिन्ने उल्लेख गरिन्।

जलवायु सङ्कट अब भविष्यको पूर्वानुमान मात्र नभएर दैनिक अनुभूत गर्ने वास्तविकता बनेको जिकिर गरिन्। सबैले राष्ट्रिय एजेण्डाका रुपमा कानुन बनाउन, स्रोत–साधन परिचालन गर्न र सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याइन्।

उनले जलवायु परिवर्तन, जैविक विविधताको क्षय, स्वच्छ हावामा ह्रास र अन्य वातावरणीय समस्यमा केवल सरकारको मात्र प्रयास पर्याप्त नहुने स्पष्ट पारिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad