राजनीति


अब प्रतिगामी कानुन आउँदैन: प्रधानमन्त्री

‘सरकारले बहुविवाहलाई मान्यता दिन लाग्यो भनेर हल्ला गर्दैछन्’
अब प्रतिगामी कानुन आउँदैन: प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०८२ सोमबार १०:२९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने बताएका छन्।

मुलुकी संहिता दिवसका अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले साेमबार बिहान काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। 

संविधान जारी भएपछि संसद्‍बाट पारित भएको मुलुकी संहिता-२०७४  गएकाे २०७५ साल भदौ १ गतेदेखि कार्यान्वयनमा आएको थियो। त्यसकै सम्झनामा आज मुलुकी संहिता दिवस मनाइँदैछ। 

कार्यक्रममा ओलीले भने, ‘हामीले कार्यान्वयन र अनुभवका आधारमा विभिन्न कानुन संशोधन र नयाँ कानुन ल्याउने गरेका छौँ। धेरै विधेयकहरु संसद्को यसै अधिवेशनमा ल्याएका छौँ। यो शिलशिला अगाडि बढिरहन्छ। तर अब प्रतिगामी कानुन आउन सक्दैन।’

उनले आफूहर राजनीतिक लोकतन्त्रमा मात्रै सीमित नभई परिपूर्ण लोकन्त्रका पक्षमा ह्का् बताए। 

‘यसमा कहीँ पनि असमानता, भेदभाव र थिचोमिचो मानिँदैन। मुलुकी संहितामा देखिएका कमीकमजोरी लाई संशोधन गर्नुपर्छ तर यहाँ बहुविवाहलाई मान्यता दिन कानुन आउन लाग्यो भनेर हल्लाको पछि कुद्नेहरु पनि छन्। यस्तो मान्यता आजको समाजले दिन्छ भनेर सोच्न सकिन्न,’ ओलीले भने, ‘लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउँदैन। जनतालाई छिटो र सही न्याय दिन हामी सबैको प्रयास हुनुपर्छ। सरकारका तर्फबाट यसमा साथ रहन्छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad