राजनीति


प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन सरकारसँग मूल प्रवाहको आग्रह

प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन सरकारसँग मूल प्रवाहको आग्रह

नेपालखबर
भदौ १, २०८२ आइतबार २०:५, काठमाडौँ

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रवासी नेपालीलाई आफू बसेकै देशबाट मताधिकारको व्यवस्था मिलाउन माग गरेको छ।

आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणालाई ज्ञापन पत्र बुझाउँदै मूल प्रवाले भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहेका प्रवासीलाई सोही स्थानबाट आम निर्वाचनमा मत दिने व्यवस्था मिलाउन आग्रह गरेको हो।

मूल प्रवाहका अध्यक्ष प्रेम पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सर्वोच्च अदालतले समेत २०७५ सालमा विदेशस्थित नेपालीलाई मताधिकारको व्यवस्था गर्न आदेश दिइसकेको स्मरण गराएको छ।

ज्ञापन पत्रमा भनिएकोे छ, ‘हाम्रो संगठन २०६२–६३ को महान् जनआन्दोलन पश्चात् पहिलो संविधानसभा निर्वाचनको सन्दर्भमा मतदाता नामावली संकलन गर्ने समयदेखि नै भारतसहित विदेशस्थित नेपाली नागरिकका लागि मताधिकार र समानुपातिक प्रतिनिधित्वको माग गर्दै आन्दोलनरत छ। अनेकौँ पटक विभिन्न सरकारहरूलाई यस विषयप्रति ध्यानाकर्षण गराउँदै आएको छ। त्यस सम्बन्धमा सम्माननीय सर्वोच्च अदालतले समेत २०७५ सालमा विदेशस्थित नेपालीलाई मताधिकारको व्यवस्था गर्न आदेश दिइसकेको स्मरणीय छ। हामी आगामी चुनावमा भारत लगायत विश्वका विभिन्न देशहरूमा रहेका नेपाली नागरिकलाई सम्बन्धित देशबाटै मताधिकार एवं समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न माग गर्दछौँ।’

यस्तै, मूल प्रवाहले भारत जाने नेपालीको तथ्यांक राख्न, सन् १९५०को ‘शान्ति तथा मैत्री सन्धि’ खारेज गर्न, भारतमा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षा, नेपाली श्रमिकहरूको सुरक्षाासँगै उनीहरूलाई बिमा योजना लगायत सामाजिक सुरक्षाको व्यवस्था मिलाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ।

१२ बुँदे ज्ञापन पत्रमा भ्रष्टाचार र महंगी नियन्त्रण, संघीयताको खारेजीलगायत माग राखिएको छ। 

ज्ञापन पत्र बुझाउ मूल प्रवाहका अध्यक्ष पौडेलसहित कोषाध्यक्ष मदन शर्मा, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, सचिव घनश्याम न्यौपाने लगायत नेताहरू सिंहदरबार पुगेका थिए।

यस्तो छ ज्ञापन पत्र:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad