रुस-युक्रेन युद्धका विषयमा शुक्रबार अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्दै छन्।
ट्रम्पसँग भेटवार्ताका लागि जेलेन्स्की सोमबार अमेरिकाको वासिङ्टन जाँदै छन्।
ह्वाइट हाउसमा हुने उक्त बैठकमा बेलायतका प्रधानमन्त्री केयर स्टारमरलगायत धेरै युरोपेली नेताहरूले भाग लिने बीबीसीले जनाएको छ।
ट्रम्प-जेलेन्स्की बैठकमा भाग लिने नेताहरू
-बेलायती प्रधानमन्त्री केयर स्टारमर
-इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी
-जर्मन चान्सलर फ्रेडरिक मर्ज
-फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टब
-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन
-नेटो महासचिव मार्क रुट
-युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन
210
Shares

प्रतिक्रिया