राजनीति


एकीकृत समाजवादीको युवा संगठनमा समानान्तर समिति, राईको नेतृत्वमा बन्यो महाधिवेशन आयोजक कमिटी (सूची)

एकीकृत समाजवादीको युवा संगठनमा समानान्तर समिति, राईको नेतृत्वमा बन्यो महाधिवेशन आयोजक कमिटी (सूची)

नेपालखबर
भदौ १, २०८२ आइतबार २०:७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको युवा संगठनमा समानान्तर समिति बनेको छ। 

आइतबार सञ्जीव राईको अध्यक्षतामा बसेको युवा संघको पदाधिकारी बैठकले उनको नेतृत्वमा महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरेको हो।  

उनको नेतृत्वमा २२१ सदस्यीय आयोजक कमिटी गठन भएको हो। 

यसअघि युवा संघका इन्चार्ज लक्ष्मण केसीले रोसन थापा नेतृत्वमा महाधिवेशन आयोजक कमिटी बनाएका थिए, जसमा राई सहसंयोजक थिए। 

राई समूहले त्यसलाई सच्याउन २४ घण्टे अल्टिमेटम दिएको थियो। तर, त्यो नसच्चिएपछि राईको नेतृत्वमा छुट्टै आयोजक कमिटी बनेको हो।

थापा नेपाल पक्षका हुन् भने राई सम्मानित नेता झलनाथ खनाल पक्षका हुन्।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad