राजनीति


बहुविवाहलाई आजको समाजले मान्यता दिन्छ भन्ने सोच्न सक्ने कुरै होइन : प्रधानमन्त्री ओली

बहुविवाहलाई आजको समाजले मान्यता दिन्छ भन्ने सोच्न सक्ने कुरै होइन : प्रधानमन्त्री ओली

नेपालखबर
भदौ १, २०८२ आइतबार १९:१६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह गर्न स्वीकृति दिने कानुन सरकारले ल्याउने भन्दै भ्रम फिँजाइएको बताएका छन्। 

मुलुकी संहिता दिवसको अवसरमा सिंहदरबारमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबारेमा आफूले संसद्‌मा पनि स्पष्ट पारिसकेको उल्लेख गरे।

ओलीले प्रतिगमनकारी कानुन सरकारले नल्याउने प्रतिवद्धता जनाए। ‘एउटा नचाहिँदो हल्ला धुमधाम चलेको छ, त्यसबारे मैले संसद्‍मा पनि भनेँ,’ उनको भनाइ छ, ‘बहुविवाह गर्न स्वीकृति दिने भए। सरकारले स्वीकृति दिने भयो, संसद्‍मा ल्याउने भए, पास हुने भयो भनेर हल्ला गरिएको छ।’

‘बहुविवाहलाई मान्यता आजको समाजले दिन्छ भन्नेकुरा नै सोच्न सक्ने कुरै होइन, एक जना अभियन्ता आउनुभयो मसँग कुरा गर्न। बढो चर्को स्वरमा भन्नुभयो। हेर्नुस्, बहुविवाह हामी कुनै हालतमा मान्दैनौँ भन्नुभयो। कसले गर्न लागेछ भनेँ। कानुन बनाउन लागिएको छ, कसले बनाउन लागेको छ, मलाई त थाहा हुनुपर्ने। क्याबिनेटले पास गरेर संसद्मा पठाउने हो विधेयक, कहाँबाट आयो भनेँ। यो भइसक्यो, आइसकेको छ। कुनै हालतमा मान्दैनौँ भन्नुभयो। मैले भने यस्तो कुनै हालतमा हुँदैन भनेँ। यस्तो हल्लाका पछि नलाग्नुस्,’ ओलीले भने।


‘डेमोक्रेटिक रिपब्लिक’मा प्रतिगमन हुन नसक्ने भन्दै उनले कानुन, संहिता, ऐनमा प्रतिगमन नहुने प्रतिवद्धता समेत जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad