नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई अपमान गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यात्रुहरू हरेकलाई ठग नै हो जस्तो गरी व्यवहार हुने गरेकोप्रति असन्तुष्टि जनाए।
उनले यात्रुहरूमाथि दुव्र्यवहार गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराए। अन्तर्राष्ट्रिय विमानस्थलबाट पाउनुपर्ने सेवा यात्रुहरूले पाउन नसकेको उनले बताए।
विमानस्थलमा यात्रुमाथि उनीहरूको आत्मसम्मानमा ठेस पुर्याउने काम भएको उनले बताए। विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण प्रमुखको शासन चल्ने गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
सांसद ढकालले विमानस्थल अस्तव्यस्त रूपमा सञ्चालन भइरहेको बताए।
Shares

प्रतिक्रिया