राजनीति


एकीकृत समाजवादी सचिवालयको निर्णय: वामदेवलाई तेस्रो वरीयता, १३ जना केन्द्रीय कमिटीमा (सूची)

एकीकृत समाजवादी सचिवालयको निर्णय:  वामदेवलाई तेस्रो वरीयता, १३ जना केन्द्रीय कमिटीमा (सूची)

एकीकृत समाजवादीको जारी सचिवालय बैठकका क्रममा एकअर्कासँग हात मिलाउँदै अध्यक्ष माधव नेपाल र सम्मानित नेता वामदेव गौतम, बीचमा अर्का सम्मानित नेता झलनाथ खनाल।


नेपालखबर
साउन ३०, २०८२ शुक्रबार १२:५४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले नवप्रवेशी सम्मानित नेता वामदेव गौतमलाई तेस्रो वरीयतासहित सचिवालय सदस्य बनाएको छ।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी एकीकृत समाजवादीको सचिवालय बैठकले गौतमसहित उनी नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानबाट आएका १३ जनालाई केन्द्रीय कमिटीमा लाने निर्णय गरेको छ।

एकीकृत समाजवादीको जारी सचिवालय बैठक।

बैठकमा सहभागी एक नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार तीमध्ये डीबी कार्की, लोकनाथ धमला र तुलसी थापालाई पोलिटब्युरो सदस्य बनाउने निर्णय भएको छ। 

उनका अनुसार उल्लिखित ४ जनासहित दुर्गादत्त भण्डारी, इमानसिंह भारती, रवीन्द्र वन, तोफा यादव, विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई पार्टीको केन्द्रीय कमिटीमा लाने निर्णय गरिएको हो। 

एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ। बैठकमा अन्य एजेन्डामा छलफल चलिरहेको छ। 

एकीकृत समाजवादीको जारी सचिवालय बैठक।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad