प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत खानेपानी सेवाको पहुँच ९७ प्रतिशत पुगेको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधारभूत खानेपानी सेवाको पहुँच गत वर्ष ९४ प्रतिशत रहेकोमा यस अवधिमा ९७ प्रतिशत पुगेको दावी गरेका हुन्।
उनले यस वर्षदेखि मेलम्ची खानेपानी प्रणालीमा अत्याधुनिक स्वचालित प्रणाली जडान गरी वर्षातको समयमा पनि मेलम्ची खानेपानी प्रणालीबाट निरन्तररुपमा खानेपानी वितरणको व्यवस्था मिलाइएको बताए।
‘उपत्यकाको रिङ्रोडभित्र मेलम्ची खानेपानी प्रणालीको पाइपलाइन विस्तार सम्पन्न भएको छ’, उनले भने, ‘रिङ्रोड बाहिरका वस्तीहरूमा खानेपानी वितरण गर्न ८७५ किलोमीटर पाइपलाइन विस्तारका लागि ठेक्का आह्वान गरिएको छ।’
उनले मधेश प्रदेशमा तत्काल सिँचाइ तथा खानेपानी सुविधा पुर्याउन तीनै तहका सरकारबाट विभिन्न कार्यक्रमहरू तीव्रताका साथ सञ्चालन भइरहेको पनि बताए।
Shares

प्रतिक्रिया