राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले निजामती विधेयकमा रहेको कुलिङ अफ पिरियडको जिम्मा लिनुपर्छ भन्ने कुरा भएको भए पनि यसमा संसद् मौन भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारका अन्य धेरै बदमासी बाहिरिँदा पनि छानबिन नभएको उल्लेख गरे।
‘हामी २ महिनादेखि भिजिट भिसाको छानबिनको माग गरेर आन्दोलित भइराख्दा लिचीबारीको खबर आयो,’ खनालले भने, ‘कुलिङ पिरियडको बदमासीको जिम्मा लिनुपर्छ भन्ने कुरा आयो। तर, पनि संसद मौन छ।’
विमानस्थलमा अध्यागमनका कर्मचारीले घुस लिएको कुरा आए पनि गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन नभएको दाबी गरे।
‘एयरपोर्टमा अध्यागमनका कर्मचारीले अझै घुस लिएको कुरा पुग्छ तर गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन हुँदैन,’ खनालले भने।
36
Shares

प्रतिक्रिया