राजनीति


प्रधानमन्त्री ओली किन गएका थिए शीतल निवास?

प्रधानमन्त्री ओली किन गएका थिए शीतल निवास?

नेपालखबर
साउन २५, २०८२ आइतबार ११:७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। 

भेटमा हालै तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर फर्केका प्रधानमन्त्रीले यसै विषयमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना भएको सम्मेलनमा सहभागी भएर शुक्रबार राति मात्र स्वदेश फर्केका थिए। 

साथै भेटमा समसामयिक अन्य विषयमा पनि छलफल भएको जनाइएको छ।

यसबीच राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता पनि गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad