राजनीति


हाम्रो पार्टीमाथि सत्ताधारीहरूबाट संगठित ढंगले हमला भइरहेको छः राजेन्द्र पाण्डे

हाम्रो पार्टीमाथि सत्ताधारीहरूबाट संगठित ढंगले हमला भइरहेको छः राजेन्द्र पाण्डे

फाइल फोटो


नेपालखबर
साउन २३, २०८२ शुक्रबार १९:५२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफ्नो पार्टीमाथि सत्ताधारीहरुबाट संगठित ढंगले हमला भइरहेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले सत्ताधारीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा प्रतिशोध साँधेर मुद्दा लगाएको बताए।

उनले नीतिगत निर्णयमा आजसम्म पनि अख्तियार प्रवेश नरगेको तर अध्यक्ष नेपालमाथि भने नौलो घटना भएको बताए। 

नीतिगत निर्णयको विषयलाई लिएर मुद्दा लगाउनु प्रतिशोध पूर्ण रहेकाले राजनीतिक र कानूनी दुवै ढंगले प्रतिवाद गर्ने बताए। 

उनले भने, ‘हाम्रो पार्टीमाथि यतिबेला सत्ताधारीहरूबाट संगठित ढंगले हमला भएको छ। अध्यक्ष कमरेडलाई प्रधानमन्त्री भएको बेलामा गरिएको नीतिगत निर्णयमा आजसम्म त्यस्तो नीतिगत निर्णय गर्दा कुनै मुद्दा लागेको छैन। यद्यपि नीतिगत निर्णयको सन्दर्भमा के धारणा बनाउने हो? त्यो हामी अख्तियारसम्बन्धी विधेयक राज्य व्यवस्था समितिमा अड्किएर बसेको छ। नीतिगत निर्णयको विषयलाई लिएर मुद्दा लगाइएको छ। यो प्रतिशोधपूर्ण छ। यसको राजनीतिक र कानूनी दुवै ढंगले प्रतिवाद गर्दछौँ। यो राजनीतिक प्रतिशोधपूर्ण काम हो भनेका छौँ।’

वरिष्ठ उपाध्यक्ष पाण्डेले पार्टी बनेन र बन्दैन भन्ने भ्रम फिँजाउन काम नगर्न पनि चेतावनी दिए। आफैँ लागे पार्टी बन्ने बताउँदै पार्टी बनाएर देखाउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad