राजनीति


रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, यी हुन् एजेण्ड

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, यी हुन् एजेण्ड

नेपालखबर
साउन २३, २०८२ शुक्रबार ९:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ।

शुक्रबार दिउँसाे पार्टी केन्द्रीय कार्यालय, बनस्थली, काठमाण्डौँमा बस्ने बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधिसम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ।

पार्टीका प्रवक्ता मनिष झाकाअनुसार यस बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुनेछ।

बैठकमा पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेजारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानार्कषण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा पनि छलफल हुने प्रवक्ता झाले बताए।

यस्ता छन् केन्द्रीय समिति बैठकका प्रस्तावित विषयहरू

१. समसामयीक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा,
केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानविन प्रतिबेदन, आदी

२. प्रदेश इन्चार्जको प्रदेश रणनीतिको सार एवं रिपोर्ट (अधिकतम ३ मिनेटका दरमा)

३. केन्द्रीय सदस्य रिपोर्टिङ (अधिकतम २ मिनेटका दरमा)

४. पार्टी सचिवालय बैठकका निर्णयहरुमा छलफल र अनुमोदन।

५. विधान ब्याख्या अनुमोदन सम्बन्धमा।

६. केन्द्रीय विभागको प्रमुख मनोनयन सम्बन्धमा।

७. पूर्व केन्द्रीय सदस्यहरुलाई पुनः जिम्मेवारी दिने प्रस्तावको सम्बन्धमा।

८. पार्टीको निर्वाचन आयोगमा मनोनयन सम्बधमा।

९. रणनीतिक समुह गठन सम्बन्धमा।

१०. संगठन सवलिकरणका लागि केन्द्रीय समिति, केन्द्रीय विभागलाई थप जिम्मेवारी सम्बन्धमा।

११. विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकारको ब्यवस्था गर्न सरकार र संबन्धीत निकायको ध्यानाकर्षण गराउने सम्बन्धमा।

१२. सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर बारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने सम्बन्धमा ।

१३. विविध
*    अधिवेशन प्रतिनिधि समय विन्दु (केन्द्रीय विभाग, प्रदेश विभागको नयाँ नियुक्ती)  सम्बन्धमा ।
*    मधेश प्रदेश सहमहामन्त्री सिफारिस सम्बन्धमा ।
*    पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत ।
*    सांसदहरुको लेवि सम्बन्धमा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad