नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरूले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै अध्ययन गराउनुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
उनले केन्द्रीय समितिको बैठकपछि आफूले माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरूको काठमाडौंमा भेला गरेर आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमै अध्ययनका लागि पठाउने व्यवस्था गर्न निर्देशन दिइसकेको बताए।
उक्त निर्णय लागू भइरहेको पनि अध्यक्ष दाहालको दाबी छ। अबबाट पार्टीका नेताहरूलाई आफ्ना सन्तान पढाउनका लागि विदेश नपठाउने निर्णय भएको पनि बताए। आफ्ना सन्तानहरू कसैले पनि विदेशमा अध्ययन नगरेको उनको दाबी छ।
अध्यक्ष दाहालले भने, ‘मैले अस्ति भर्खरै पार्टीको केन्द्रीय समितिको बैठकपछि माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरूको काठमाडौंमा भेला गरेर एउटा निर्णय गरिएको छ। त्यो लागू भइरहेको छ। अब सबै स्थानीय सरकारका नेताहरु र स्थानीय पार्टीका नेताहरुले सार्वजनिक विद्यालयमा नै विद्यार्थी पढाउनुपर्ने र निजी क्षेत्रमा नजाने, विदेश नपठाउने भन्ने निर्णय भएको छ। म सबैभन्दा ठूलो नेता पार्टीको, माओवादीको अध्यक्ष। मेरा कुनैपनि छोराछोरी विदेश पढ्न गएका छैनन्।’
अध्यक्ष दाहालले अबदेखि पार्टीका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने र विदेश पढ्न नपठाउने निर्णयतिर आफूहरु गइरहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया