राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार संसदप्रति नभई संसद् सरकारप्रति उत्तरदायी भएको टिप्पणी गरेकी छिन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद कार्कीले सरकार संसदप्रति जबाफदेही बन्नुपर्नेमा हाल ठीक विपरित अभ्यास भइरहेको बताइन्।
त्यस्तै उनले सरकार भिजिट भिसाको दुरुपयोगप्रति गम्भीर नभएको भन्दै आपत्ति जनाइन्। ‘सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी हो? के हो यो? भिजिट भिसाको विरोधी हामीहरु होइनौं,’ कार्कीले भनिन्, ‘तर भिजिट भिसाको नाममा मान्छेहरुलाई मार्ने र हत्या गर्ने जुन काम भएको छ त्यसको विरोधी हौँ। हामीले भिजिट भिसा हुनु हुदैन भनेर विरोध गरेका छैनौं।’
उनले भिजिट भिसाको दुरुपयोगको सम्बन्धमा आवश्यक छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गरिन्।
9
Shares

प्रतिक्रिया