मुलुकलाई ग्रेलिस्टबाट हटाउन सरकारले गरिरहेको कामकारबाहीबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जवाफ माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देश के कारणले ग्रेलिस्टमा परेको भन्दै अर्थमन्त्रीसँग जवाफ माग गरे। उनले नेपालीहरूको सम्पत्तिको सीमा निर्धारण गर्न समेत माग गर्दै विदेशमा सम्पत्ति राख्न नपाउने काननु बनाउन अर्थमन्त्रीसमक्ष माग गरे।
सांसद सुवालले भने, –‘नेपाल ग्रेलिस्टमा परेको हो की होइन? ग्रेलिस्टमा परे देशमा पुँजी लगानी घट्ने र वित्तीय लागत बढ्ने हो की होइन? नेपालीको सम्पत्तिको सीमा निर्धारण र विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था भए सम्पत्ति शुद्धिकरण हुने र देश ग्रेलिस्टमा नपर्ने हो की होइन? ग्रेलिस्टबाट मुलुकलाई हटाउन सरकारले केकस्तो काम गर्दैछ?’
सांसद सुवालले देश ग्रेलिस्टमा परेपछि भएको नोक्सानीबारे सरकारले सदनमा जानकारी गराउनुपर्ने समेत बताए।
Shares

प्रतिक्रिया