सरकारले निश्चित परिस्थितिमा बहुविवाहलाई मान्यता दिने कानुन ल्याउन लागेको कुरा सार्वजनिक भएपछि विरोध भइरहेको छ।
कानुन मन्त्रालयले विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ संशोधन गर्न लागेको हो। यसको मस्यौदासमेत तयार भइसकेको बताइएको छ।
दोस्रो विवाह हुनै नसक्ने वर्तमान कानुनी व्यवस्थाले महिला नै पीडित हुन पुगेको तर्क गर्दै कानुन संशोधन गर्ने तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ।
तर कुनै पनि बहानामा बहुविवाहलाई मान्यता दिने कानुनले अन्तत: फेरि महिलाविरुद्ध हिंसा बढाउने भन्दै यसको विरोध भइरहेको छ।
यसैबीच सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने यो राज्यकै सोच नभई कुनै एक प्रशासकको सोच भएको भनी प्रतिरक्षा गरेका छन्।
आइतबार बिहान उनले फेसबुकमा लेखेका छन्, ‘कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्तैन। सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुःखद पक्ष हो।’

Shares

प्रतिक्रिया