राजनीति


जनार्दनबारे प्रचण्डको ब्रिफिङ- नेतृत्वको आलोचना बाहिर गर्ने होइन

जनार्दनबारे प्रचण्डको ब्रिफिङ- नेतृत्वको आलोचना बाहिर गर्ने होइन

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १८:२९, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपमहासचिव जनार्दन शर्माले नेतृत्वको आलोचना गरेको विषयमा गुनासो गरेका छन्।

शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी नेतृत्वको कुरा पार्टीभित्रै गर्नुपर्ने बताएका हुन्।

बैठकमा प्रचण्डले बाहिर गएर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेको उपमहासचिव हरिबोल गजुरेलले नेपालखबरलाई जानकारी दिए। 

‘केही कुरा भए पार्टी बैठकमा गर्नुपर्छ, नेतृत्वको विषयमा बााहिर गएर कुरा राख्नुहुँदैन भनेर अध्यक्षले भन्नुभयो,’ उनले भने, ‘अनावश्यक कुरा बाहिर राख्नुहुँदैन पनि भन्नुभयो।’ 

जनार्दनप्रति प्रचण्डको आजको अभिव्यक्ति सन्तुलित भएको उनको भनाइ थियो।

‘उहाँ (जनादर्न)प्रति अध्यक्षको आजको अभिव्यक्ति सन्तुलित नै थियो,’ उनले भने।  

त्यस्तै आजको बैठकमा महाधिवेशनको मिति तोक्ने विषयमा प्रचण्डले प्रस्ताव पेस गरेको उनले जानकारी दिए।

‘महाधिवेशनको मिति केन्द्रीय समिति बैठकले टुंग्याउने, भदौभरिमा अभियान सक्ने,’ उनले भने, दसैँपछि केन्द्रीय समिति बस्ने प्रस्ताव अध्यक्षले ल्याउनुभएको छ।’

आजको बैठकमा प्रचण्डले संगठनबारे नयाँ कुरा ल्याएको पनि उनले जानकारी दिए। 

‘संगठनसम्बन्धी नयाँ कुरा ल्याउनुभएको छ। ग्रासरुट बनाउनुपर्‍यो। जग छैन। जग नभएपछि पार्टी क्रान्तिकारी कसरी हुन्छ? भनेर उहाँले यसमा ध्यान दिन भन्नुभयो’ उनले भने।  

आजको बैठकमा प्रचण्डले समाजवादी मोर्चामा रहेका दल र पूर्वमाओवादी घटकहरूसँग एकताको गृहकार्य भइरहेको र सकारात्मक भइरहेको ब्रिफिङ गरेको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad