राजनीति


माओवादी वेबसाइटमा बल्ल चढ्यो नन्दकिशोरको नाम, वरीयता नम्बर ६

माओवादी वेबसाइटमा बल्ल चढ्यो नन्दकिशोरको नाम, वरीयता नम्बर ६

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १७:२, काठमाडौँ

नेकपा माओवादी केन्द्रको वेवसाइटमा उपाध्यक्ष नन्दबहादुर पुन र सचिव गंगा नारायण श्रेष्ठको नाम बल्ल चढेको छ। केही समय अगाडि नै उनीहरूको जिम्मेवारी टुंगो लागे पनि वेबसाइटमा भने नाम थिएन। जसकारण शुक्रबार दिउँसो २ बजेसम्म वेवसाइटमा ४३ जना स्थायी समितिको मात्र नाम थियो। 

गत चैत २४ गतेको सचिवालय बैठकले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। त्यस्तै श्रेष्ठलाई सचिव बनाउने निर्णय जेठ १२ गतेको सचिवालय बैठकले गरेको हो। 

पुनको वरीयता ६ नम्बरमा छ। उनी उपाध्यक्षहरूमध्ये अन्तिममा छन्। उपाध्यक्षमा सबैभन्दा अघि कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल त्यसपछि मात्रै पुनको नाम छ। 

शुक्रबार उनीहरू दुवै जनासहित भर्खरै स्थायी समिति सदस्य बनाइएका डा विकासप्रकाश सैजुको नामसमेत समावेश भएर ४६ सदस्यीय बनाइएको छ।

माओवादी नेताहरूको मर्यादाक्रम: पहिला र अहिले

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad