राजनीति


मन्त्रिपरिषद्‌ हेरफेरबारे छलफल गर्न बालुवाटार पुगे देउवा

मन्त्रिपरिषद्‌ हेरफेरबारे छलफल गर्न बालुवाटार पुगे देउवा

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०८२ बिहिबार १२:२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। 
 
दुई नेताबीच मन्त्रिपरिषद् हेरिफेरको विषयमा छलफल हुने बताइएको छ। 

सरकार गठनको एक वर्ष पूरा भइसकेपछि यसबारे समीक्षा गर्दै मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री ओली लागेका छन्। 

यसका लागि उनले प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापतिसँग छलफलमा जुटेका हुन्। 

छलफलमा एमालेका तर्फबाट ओलीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु  रिमाल र रमेश बडाल छन् भने कांग्रेसका तर्फबाट देउवासहित उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad