राजनीति


देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छः सांसद बजगाईं

देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छः सांसद बजगाईं

नेपालखबर
साउन १३, २०८२ मंगलबार १४:४५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले देशमा थप विमानस्थल आवश्यक हो वा होइन भन्नेबारे स्पष्ट हुन जरुरी रहेको बताएका छन्। 

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलमा यस्तो बताएका हुन्। 

समितिको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सडक सञ्जाल धेरै ठाउँमा पुगिसकेको र विमानस्थलहरुको सञ्चालन हुन नसकिरहेको बताएको उल्लेख गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने कञ्चनपुरमा विमानस्थल बनाउने योजनाअनुसार अघि बढ्नुले संशय पैदा भएको बताएका हुन्। 

अब सरकारले पर्यटनसँग सम्बन्धित पूर्वाधार बनाउनुपर्ने उनको भनाइ थियो। 

‘अहिले पर्यटन नीति जारी भएको छ । एभिएसन सेफ्टी, एयरपोर्टको सेवा र रेगुलेट अथोरेटीको कुरामा नेपालमा विश्वसनियताको कमी र कालोसूचिबाट हटाउने भन्नेतिर ध्यान गएको छ। पर्यटन नेपालको मुहार फेर्ने ठाउँ हो। पर्यटनसँग सम्बन्धित पूर्वाधार बन्नुपर्छ,' उनले भने, 'प्रधानमन्त्रीले पहिला सडक सञ्जाल थिएन, अहिले सडक गइरहेको भएर सडक भएपछि ती एयरपोर्टहरू चल्न सक्दैनन् भन्नुभएको छ। तर पर्यटन मन्त्रालयले एयरपोर्ट थप्न खोजिरहेको छ। माननीयज्युहरुले पनि निर्वाचन लक्षित एयरपोर्ट बनाउन माग गरिरहनुभएको छ। माननीय गृहमन्त्रीले कञ्चनपुरका लागि एयरपोर्ट माग गरिरहेको समाचारहरु आएको छ।’

सांसद बजगाईंले निर्वाचन लक्षित गरेर गृहमन्त्री रमेश लेखकके कञ्चनपुरमा विमानस्थल माग गरिरहेको भन्दै यसबारे स्पष्ट पार्न आग्रह गरे। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad