राजनीति


नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रभावकारी बनाऔँः सभापति यादव

नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रभावकारी बनाऔँः सभापति यादव

नेपालखबर
साउन १३, २०८२ मंगलबार १४:४०, काठमाडौँ

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।  

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विधेयकलाई उच्च प्राथमिकताका साथ समितिमा छलफल गरिरहेको पनि बताए। 

हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण विधेयक एक अर्कासँग सम्बन्धित रहेकाले उच्च प्राथमिकताका साथ छिटो समितिबाट टुंगो लगाउन जरुरी रहेको उनको भनाइ छ। दुई वटै विधेयक एक अर्काका परिपूरक भएको पनि उल्लेख गर्दै यादवले विधेयकलाई छिटो र प्रभावकारी रुपमा अघि बढाउन समिति क्रियाशील रहेको सुनाए।  

‘यो विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको छ। यही गतिका साथ पास गर्नेगरी तयारी गर्नुपर्‍यो भन्नेकुरा आएपछि हामीले यसलाई निरन्तर उच्च प्राथमिकताका साथ राखेका छौँ। हवाई सेवा प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण विधेयक यो एक अर्कासँग सम्बन्धित छ,' उनले भने, 'दुई वटै विधेयक एक अर्काका परिपूरक हुन्। संरचना बाहेक अरु उस्तै उस्तै छ। यसलाई कसरी छिटो र प्रभावकारी बनाउने भन्ने विषय हो। छिटोका नाममा दुर्घटना नहोस्।’

समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad