एनआईसी एसिया बैंकले प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप)मा सेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एसिया एथट लोन अगेन्स्ट सेयर’को कर्जा योजना सार्वजनिक गरेको छ।
ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले सेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा यस सेयर कर्जा योजना सार्वजनिक गरेको हो।
ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य विभिन्न कम्पनीहरूको साधारण सेयर यस बैंकमा धितो राखेर १८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। यस योजना अन्तर्गत न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ।
प्रतिस्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपश्चातको ३ कार्यदिनभित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको जनाएको छ।
ग्राहकहरूको कर्जासम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्थाअनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना समेत गरेको बैंकले जनाएको छ।
Shares

प्रतिक्रिया