काभ्रेमा पैदल हिँड्ने क्रममा लडेका एक किसानको मृत्यु भएको छ।
आज बिहान साढे ८ बजेतिर बेथानचोक गाउँपालिका- ५ बस्ने अन्दाजी ६० वर्षीय सेतेमान भोलनको लडेर मत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
घरबाट बेथानचोक गाउँपालिका- ३ गोर्खाली टोलस्थित डेरीमा दूध लिएर जाने क्रममा उनी बाटोमा लडेका थिए।
लड्दा टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि छोरा सुदिप भोलनले ट्रमा सेन्टर काठमाडौँ ल्याएका थिए।
उनलाई आज बिहान उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया