राजनीति


अख्तियार सचिवलाई परराष्ट्र सचिवले सोधे- बेरुजु शून्य कसरी गर्ने हो?

अख्तियार सचिवलाई परराष्ट्र सचिवले सोधे- बेरुजु शून्य कसरी गर्ने हो?

नेपालखबर
साउन १२, २०८२ सोमबार १५:३५, काठमाडौँ

बेरुजु शून्य रहेको अख्तियार तथा दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई परराष्ट्र सचिव अमृतबहादुर राईले बेरुजु शून्य कसरी गर्ने हो? भन्दै सिकाइदिन आग्रह गरेका छन्।

उनले काम गरेरै अख्तियारको बेरुजु शून्य भएको हो भने आफूले अख्तियारमा दुईचार जना आफ्ना कर्मचारीलाई सिक्न पठाउने बताए।

सोमवारको सार्वजनिक लेखा समितिको बैठकमा उनले अख्तियारका सचिवलाई परराष्ट्रका कर्मचारीलाई बेरुजु शून्य बनाउनेबारे सिकाएर पठाउन आग्रह गरे।

सचिव राईले भने, ‘अख्तियारका सचिव ज्युले बेरुजु शून्य भनेको सुनेँ। आखिर बेरुजु शून्य कसरी गर्न सकिने रहेछ? काम गरेरै बेरुजु शून्य भएको हो भने मेरा पनि दुईचार भाई कर्मचारीलाई त्यहाँ सिक्न पठाउँछु। तपाईंले सिकाएर पठाउनुस्।’

आजको लेखा समिति बैठकमा अख्तियारका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बेरुजु शून्य रहेको बताएका थिए। उनले बेरुजु हुनु भनेको भ्रष्टाचारको संकेतसमेत भएको उनले बताए। 

परराष्ट्रसचिव राईले  विदेश स्थीत नियोगहरू सञ्चालन गर्दा कहिले कानून नियमहरू परिपालना गर्न गाह्रो हुँदा बेरुजु रहने गरेको बताए। 

उनका अनुसार अफ्ठेरा ऐन नियमहरु बोकेर हिँडेका कारण बेरुजु प्रत्येक वर्ष बढेको बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad