२६ अर्ब ५७ करोडको सेयर खरिदबिक्री भएको भोलिपल्ट कारोबार रकममा ७ अर्ब २१ करोडको गिरावट आएको छ।
सूचक २.०७ अंकले घटेर २९६२.१३ विन्दुमा रहेको दिन १९ अर्ब ३६ करोडको मात्र सेयर कारोबार भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार ९४ वटा सेयरहरुको मूल्य बढ्दा १५६ वटाको घटेको छ। बढ्नेमा समता घरेलु लघुवित्त, सान्भी इनर्जी, ट्रेड टावर लिमिटेड, हिमालयन डिस्टिलरी, सप्तकोशी डेभलपमेन्ट बैंक छन्।
यी कम्पनीहरुको प्रतिकित्ता क्रमशः ९.९९, ९.९२, ९.५३, ५.८० र ५.७३ प्रतिशतले मूल्य बढेको छ। मूल्य बढ्दा लगानीकर्ताहरुले क्रमशः प्रतिकित्ता ११४.२०, ६३.०२, ६७.९४, ८०.११ र २७.९७ रुपैयाँ आम्दानी गरेका छन्।
घट्नेमा भने विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट, लक्ष्मी उन्नति कोष, ग्रिन भेन्चर लिमिटेड, एनआईसी एसिया बैंकको डिबेन्चर, उन्नति सहकार्य लघुवित्तजस्ता कम्पनी छन्। यी कम्पनीहरुको सेयर अधिकतम ८.४९ प्रतिशतसम्मले घटेको छ।
कारोबारमा आज शिवम् सिमेन्टले सबैलाई उछिनेको छ। कम्पनीको ९२ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ७६ करोड, ङादी ग्रुप पावरको ५७ करोड, लुम्बिनी विकास बैंकको ५५ करोड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रमोटर सेयर ५१ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया