रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित गोसाईंकुण्डमा पौडी खेल्ने क्रममा डुबेर दुईजना बेपत्ता भएका छन्।
मोरङ जिल्ला घर भएका मनोज न्यौपाने र सुजन ढकाल आज (साउन ११ गते) दिउँसो गोसाईंकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
बेपत्ता भएका व्यक्तिहरूको खोजिकार्यको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन भएको छ।
378
Shares

प्रतिक्रिया