राजनीति


नेपालका लागि एआई विलासिता होइन, रूपान्तरणको साधन हो : सञ्चार मन्त्री  गुरुङ

नेपालका लागि एआई विलासिता होइन, रूपान्तरणको साधन हो :  सञ्चार मन्त्री  गुरुङ

नेपालखबर
साउन १०, २०८२ शनिबार १९:१२, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को लाभ सबैले पाउनुपर्ने बताएका छन्।

चीनको सांघाई वर्ल्ड एआईसम्मेलन २०२५ लाई शनिबार सम्बोधन गर्दै उनले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गरेका हुन्।

‘एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ,’ गुरुङले भने, ‘हामी विकासशील राष्ट्रहरूका लागि कम्प्यूटिङको शक्ति, ओपन मोडलहरू र डेटा सेटहरू प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगको आग्रह गर्छौँ।’

उनले पारदर्शिता, समावेशिता, जबाफदेहिता र एआईको गैर–सैन्यीकरणलाई प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसङ्घ नेतृत्वको चार्टरलाई समर्थन गर्ने बताए।

‘एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ, हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्द्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्छौँ,’ गुरुङले भने।

एआईमा नेपालको दृष्टिकोण, समावेशी तथा मानवकेन्द्रित विकासका लागि एआई रहेको बताउँदै उनले भने, ‘नेपाल डिजिटल छलाङको सीमामा उभिएको छ। अन्तिम स्वीकृतिको चरणमा रहेको हाम्रो राष्ट्रिय एआई नीतिले हाम्रा राष्ट्रिय प्राथमिकताहरूसँग तारतम्य मिलेको समावेशी र नैतिक एआई इकोसिस्टमको परिकल्पना गरेको छ।’

मन्त्री गुरुङले युवालाई एआई युगका लागि तयार गर्ने लक्ष्य सरकारको रहेको बताए।

‘नेपालका लागि एआई विलासिता होइन, बरु समानता, रूपान्तरण र दुर्गम क्षेत्रमा टेलिमेडिसिनदेखि हाम्रो नागरिक एपमार्फत रियल टाइममा नागरिक सेवा दिनेसम्मको न्यायको साधन हो,’ उनले भने, ‘हामी साझेदारी, डेटा पूर्वाधार र एआई सीपहरू निर्माण गरिरहेका छौँ ताकि परम्परागत विकासका अवरोधहरूलाई नाघेर अगाडि बढ्न सकियोस् र प्रविधिले सबैको सेवा गर्न सुनिश्चित गर्न सकियोस्।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad