बागमती


मुख्यमन्त्री लामाविरुद्धको प्रस्तावमा हस्ताक्षर गरेकी सांसद श्रेष्ठ सम्पर्कविहीन

मन्त्री नियुक्त गर्ने मुख्यमन्त्रीको प्रलोभनमा परेको बानियाँ समूहको आशंका
मुख्यमन्त्री लामाविरुद्धको प्रस्तावमा हस्ताक्षर गरेकी सांसद श्रेष्ठ सम्पर्कविहीन

सुनिता विष्ट
साउन १०, २०८२ शनिबार १९:३८, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहमा लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी कांग्रेस सांसद माया श्रेष्ठ सम्पर्कविहीन भएकी छिन्। 

शुक्रबार दलका नेता समेत रहेका लामा विरुद्धको अविश्वासको प्रस्तावका रुपमा हस्ताक्षर गरेकी उनी सम्पर्कविहीन भएकी हुन्। 

कांग्रेसको इन्द्रबहादुर बानियाँ समूहले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो। अविश्वासको प्रस्ताव दर्ता गराउन संसदीय दलको कार्यालयमै उपस्थित भएकी उनी शुक्रबार रातिबाट सम्पर्कविहीन बनेको इन्द्रबहादुर समूहको दाबी छ। 

हस्ताक्षर गर्ने सांसदहरुको क्रम संख्याको ८ औं नम्बरमा उनको नाम छ। 

बानियाँ समूहका एक सांसदका अनुसार मुख्यमन्त्री बहादुर सिंह लामाले उनलाई मन्त्री नियुक्त गरिदिने प्रलोभन देखाएर आफ्नै प्यानलमा फिर्ता बोलाएको आशंका व्यक्त गरे।

यसअघि १३ पुस २०७९ मा भएको संसदीय दलको निर्वाचनमा सांसद श्रेष्ठले लामालाई नै खुलेर समर्थन गरेकी थिइन्। प्रकाशशरण महतनिकट मानिने श्रेष्ठलाई लामा समूहका सांसदहरुले मौन बस्न आग्रह गरेको बताइएको छ। 

स्रोतका अनुसार हाल बागमती सरकारमा रिक्त रहेको ४ मन्त्रालयको जिम्मेवारी दिनेगरी आजभोलिमै मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री लामा जुटेका छन्। 

उनीसहित बानियाँको पक्षमा लाग्दै लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने सांसदलाई नै मन्त्री नियुक्त गर्ने रणनीतिमा लामा जुटेको स्रोतको दाबी छ। 

सांसद श्रेष्ठले मुख्यमन्त्री लामालाई नै समर्थन गरिन् भने बानियाँको पक्षमा २० र लामाको पक्षमा १७ सांसद रहनेछन्। बागमती प्रदेशसभामा कांग्रेसको ३७ सिट छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad