श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्राकृतिक प्रकोपले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को भिजनलाई असर पारिरहेको बताएका छन्।
शुक्रबार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कतै अनावृष्टि, कतै अतिवृष्टिको अवस्था बताए।
भण्डारीले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजनलाई प्राकृतिक विपत्तिहरुले असर गरिरहेको पनि बताए। रसुवा बाढी, मधेसमा सुख्खाग्रस्त हुनु जस्ता विपद्ले पनि समृद्ध नेपालको सपना साकार हुन नसकिरहेको उल्लेख गरे।
‘कहीँ अनावृष्टि, कतै अतिवृष्टि र कतै पानी नपरेको अवस्थामा जुन प्रकृतिको प्रकोप र मारमा परेका छौँ । प्रधानमन्त्रीज्युले बारम्बार भन्ने गर्नुहुन्छ, यो मुलुकको समृद्धिको लागि, जनताको सुखको लागि समृद्ध नेपाल सुखी नेपालीको उहाँको जुन भिजन छ,' उनले भने, 'जसलाई बेला बेलामा यस्ता किसिमका प्रकृतिका प्रकोपले असर पारिरहेको छ । रसुवामा त्यत्ति ठूलो बाढी आयो। अहिले मधेसमा सुख्खाग्रस्त छ। यस्तो विषम परिस्थितिमा पनि कुसल नेता र नेतृत्वले गर्नुपर्ने निर्णयहरु तत्काल गरिएका छन्।’
मन्त्री भण्डारीले मधेस प्रदेशको परिस्थितिलाई मध्यनजर राखेर संकट ग्रस्त र सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको बताए।
Shares

प्रतिक्रिया