राजनीति


‘पार्टी सदस्यता लिएको ४५ वर्ष पुग्यो, वञ्चित गर्नुपर्ने कुनै कारण छैन’

‘पार्टी सदस्यता लिएको ४५ वर्ष पुग्यो, वञ्चित गर्नुपर्ने कुनै कारण छैन’

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १६:१, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा (एमाले) को पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारेकी छन्। 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले आफूले राष्ट्रपति हुँदा नै पार्टी सदस्यता लिएको ३४ वर्ष भइसकेको उल्लेख गर्दै अहिले ४५ वर्ष पुगेको उल्लेख गरिन्। 

‘यो घाम जत्तिकै छर्लंग भएको कुरा हो। मलाई पार्टी सदस्य हुनबाट बन्चित गर्नुपर्ने कुनै कारण छैन। ऐन कानुन पारटीको मूल्यान्यता, मेरो स्वतन्त्रता नियन्त्रण हुने गरी गरिएको निर्णयले मलाई दुखित तुल्याएको छ। यसले पार्टीको शाख गिराउनेछ। सत्यलाई अस्थायी रुपमा छेक्न सके पनि सत्यलाई लुकाउन सकिँदैन। जनवादको मूल्यमान्यता पनि यही हो।’  

उनले थपिन्, ‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३४ वर्ष भइसकेको थियो। अहिले ४५ भइसकेको छ। पार्टी सिद्धान्तप्रति प्रतिबद्ध हुँदाहुँदै बन्ञित गर्न कदाबी मिल्दैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad