राजनीति


पार्टी सदस्यता विधिपूर्वक नवीकरण गरेकी थिएँः विद्या भण्डारी

पार्टी सदस्यता विधिपूर्वक नवीकरण गरेकी थिएँः विद्या भण्डारी

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १५:५२, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले विधिपूर्वक नेकपा (एमाले) को सदस्यता नवीकरण गरेको बताएकी छन्। 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेरैआफूले पार्टी राजनीतिमा सक्रिय हुने संकल्प गरेको बताइन्। 

उनले भनिन्, ‘पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ। मैले सार्वजनिक नगरेकै समयमा सदस्यता नवीकरणका बारेमा सञ्चारमाध्यमले बाहिर ल्यायो। चुपचाप उपयुक्त हुँदैनथ्यो। नेकपा एमालेमा आवद्ध भएर अघि बढ्नु नै थियो यसैलाई मध्यनजर गर्दै मैले मदन भण्डारीको ७४ औं जन्यन्तीको कार्यक्रममा एमालेको सदस्यता नवीकरण गरे भनेर एमालेमा आवद्ध भएर राजनीति अघि बढाउने संकल्प गरेको थिएँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad