राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा निर्माणाधिन मन्त्री क्वाटरको पश्चिमतिर ११ मिटर बाटो सुनिश्चित गर्न माग गरेको छ।
‘यो सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजिरहेको छ,’ उनको भनाइ छ, ‘ललितपुरको भैंसेपाटीमा तीनतिर जस्तै पश्चिमतिर पनि ११ मिटर बाटो सुनिश्चित हुनुपर्छ भनेर नागरिकहरु वर्षौंदेखि संघर्षमा हुनुहुन्छ। तर हिजो अमस्मात २०० जना सशस्त्र प्रहरी उभ्याएर साँघुरो सडकमै बाउन्ड्री वाल निर्माण गर्न खोजियो। जनताकै जग्गा अघिग्रहण गरेर बनाइएको मन्त्री क्वाटरमा अब फेरि ठूलो आगन किन चाहियो? त्यो जमिन छोड्दैमा मन्त्री क्वार्टर खुम्चिदैनन्। तर नागरिकको बाटो पाउने अधिकार खुम्चिन्छ।’
सांसद कार्कीले सरकारको जनआकांक्षाविपरितका गतिविधिका कारण व्यवस्थामाथि खतरा उत्पन्न भएको बताइन्। दुई महिनादेखि आफूहरु आन्दोलनमा रहेपनि सरकारले संसद्लाई कठ्पुतली बनाएर सञ्चालन गरिरहेको कार्कीले टिप्पणी गरिन्।
Shares

प्रतिक्रिया