राजनीति


आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौँ : सभामुख घिमिरे

आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौँ : सभामुख घिमिरे

नेपालखबर
साउन ८, २०८२ बिहिबार १२:२२, काठमाडौँ

सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन्। 

बिहीबार सिंहदरबारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरु ग्रहण गर्दै उनले सडकमा गएर आन्दोलन गरेर बाध्य बनाएपछि मात्रै सुनुवाई गर्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे।

‘सडकमा गएर आन्दोलन गरेर बाध्यकारी परिस्थिति पारेपछि मात्रै न्यूनतम कुराहरुको सुनुवाई हुने परिस्थितिको अन्त्य गर्नुपर्छ,’ घिमिरेले भने, ‘तपाईंका कुराहरु अव्यवहारिक, असान्दर्भिक, अनुचित छन् भने तत्काल सम्भव छैन भन्नेकुरा भन्यो भने नबुझ्ने कुरै छैन। प्राथमिकता नपाए सडकमै जानुपर्ने स्थिथिको अन्त्य गर्नुपर्छ। कोसिसको बाबजुद पनि सुनुवाइ भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक होइन। तर त्यो तहमा जानुपर्ने स्थिति नआउनुपर्ने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad