राजनीति


पूर्वराष्ट्रपति भण्डारीका बारेमा आज महत्वपूर्ण निर्णय लिने सम्भावना छः राजेन्द्र गौतम

पूर्वराष्ट्रपति भण्डारीका बारेमा आज महत्वपूर्ण निर्णय लिने सम्भावना छः राजेन्द्र गौतम

नेपालखबर
साउन ६, २०८२ मंगलबार १६:१५, काठमाडौँ

नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठक आज पनि जारी छ।

दोस्रो दिनको बैठकमा ५८ जनाले आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

पहिलो दिन ४९ जनाले आफ्नो धारणा राखेका थिए। अब ७७ जनाले आफ्नो धारणा राखेपछि आजै बैठक सम्पन्न हुने पनि गौतमले जानकारी दिए।

आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीति फर्किने विषय, पार्टी सदस्यता र संगठित सदस्यताको व्यवस्था गर्नेलगायतका विषयमा धारणा राखेको पनि गौतमले जानकारी दिए।

‘मातहतका कमिटीहरू मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरूलाई संविधान अनुकुल कार्यकारी कमिटी बनाउनुपर्छ भन्ने कुरालाई जोडका साथ उठाइएको छ,’ उनले भने, ‘सबैतिरको रिपोर्टिङ अनुसार पार्टीको १ लाख ३९ हजार सदस्यता बृद्धि भएको छ। यो प्रतिशतका हिसावले करीब २८ प्रतिशत हो।’

उनले बैठकमा सरकारको प्रभावकारिता, मूल्यवृद्धिलगायतका विषयमा पनि केन्द्रीय सदस्यहरूले कुरा उठाएको जानकारी दिए।  

पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने कुरालाई अधिकांश केन्द्रीय सदस्यले उठाएको पनि जानकारी दिए।

‘नेपालको संविधानको भाग–६ र धारा–६१ मा राष्ट्रपतिको व्यवस्था गरिएको छ। धारा–६१ को २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने छ भन्ने कुरा सुनिश्चित गरिएको छ। ६१ को ३ मा राष्ट्रिय एकताको प्रतीक हुने छ भनिएको छ। धारा–६१  को ४ मा संविधानको पालक र संरक्षक हुने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यसका अतिरिक्त संविधानको भाग–२८ धारा २६७ को २ मा राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ भनिएको विषयलाई आधार मान्दै अधिकांश केन्द्रीय सदस्यले राष्ट्राध्यक्ष भैसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने भन्ने विषय प्राविधिक विषय होइन र यो पार्टी विशेषको विषय पनि होइन।’

उनले थपे, ‘यो महत्वपूर्ण राजनीतिक विषय हो। यसले भोलि जनतामा, प्रणालीमा, व्यवस्थामा के प्रभाव पार्छ यो सबै संविधानको भावनामा कस्तो नजिर र अभ्यास हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट एउटा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने मत अधिकांश केन्द्रीय सदस्यको मत छ।’ 

उनले आजको केन्द्रीय कमिटी बैठकबाट यो विषयमा महत्वपूर्ण निर्णय लिने पनि जानकारी दिए।

‘बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्यूले अन्तिम बैठकको अन्तिमा सम्बोधन गर्दै केही महत्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad